Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध उनका छोरा निराजनले दोस्रो पटक दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ । उनको यसअघिको बन्दी प्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।


काठमाडौं जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि निराजनले दोस्रो रिट दर्ता गराएका हुन्। प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा हुने आदेशसँगै प्रहरीले संगठित अपराधमा पुनः पक्राउ गरेको थियो ।

प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ र म्याद थप गराएको दाबीसहित छोरा निराजनले मंगलबार अर्को रिट दर्ता गराएका हुन् । यस पटक निराजनको वारेस भएर नारद खवासले रिट दर्ता गराएका छन् । प्रसाई क्यान्सर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाएर थुनेको भन्दै २४ घण्टाभित्र अदालतमा झिकाएर साधारण तारेखमा रिहा गर्न रिट निवेदनमा आदेश माग गरिएको छ ।