Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नायवा सुब्बा यादव र साहको आपसी मिलेमतोमा सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।


केही समयअघि २० हजार घुससहित नायव सुब्बा यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो जरिवाना र सजायको माग गरिएको अख्तियारले जनाएको छ।