Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एसीसी यू–१९ महिला एसिया कपः आज नेपाल र भारत भिड्दै

एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज मंगलबार आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् ।


खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।

नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो । 

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।