Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दाङको लमहीमा मिनी बस दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

दाङको लमही नगरपालिका-९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।