Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्व मेयरको निधनः आज काठमाडौँमा सार्वजनिक बिदा

पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज सोमबार सार्वजनिक बिदा दिएको छ । लामो समय लौहपुरुष गणेशमान सिंहको सहयोगीकोरुपमा रहेर काम गरेका उनी ०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौँको मेयर निर्वाचित भएका थिए ।


महानगरपालिकाले सिंहले मेयरकारुपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उपुर्‍याएको योगदानको उच्च कदर गर्दै सोमबार सार्वजनिक बिदा दिएको हो । सोमबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ । ८८ वर्षीय सिंहको गए राति चाक्सीबारीमा निधन भएको थियो ।

२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए । सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्येक बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।

गत वर्ष सिंहको पेटको शल्यक्रिया गरिएको थियो । उनी लामो समयदेखि अस्वस्थ थिए ।