Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।


त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बलिङ रोजेका हुन् । प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउने छ । कर्णाली र सुदूरपश्चिमबीचको यस खेलले प्लेअफ पुग्ने र क्वालिफायर खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

सुदूरपश्चिम रोयल्स ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगिसकेको छ । क्वालिफायरमा पुगेको दीपेन्द्रसिंह ऐरीको टिमलाई साँघुरो हारले पनि फरक पर्ने छैन । लिगको अन्तिम खेलमा जित हात पार्दै सुदूरपश्चिम क्वालिफायर खेल्ने लक्ष्यमा छ ।

कर्णाली भने अलि बढी दबाबमा हुनेछ । फराकिलो हारले उसको प्लेअफ सम्भावना समाप्त हुनेछ । चौथो स्थानमा रहेको सोमपाल कामीको टिमको ७ खेलबाट ८ अंक छ । यो खेलको नतिजामा काठमान्डु गुर्खाजको पनि नजर रहनेछ। करण केसीको कप्तानीमा रहेको गुर्खाज पनि समान ८ अंकका साथ पाँचौं स्थानमा छ ।

यदि सुदूरपश्चिमले कर्णालीमाथि ठूलो अन्तरको जित हात पारे काठमान्डुले पनि प्लेअफमा स्थान बनाउन सक्ने समीकरण रहेको छ । कर्णाली पछिल्ला चार खेलयता अपराजित छ । एनपीएलमा सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।