Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुरको नलिन्चोकमा मोटरसाइकलको ठक्करबाट गए राति एक ७० वर्षका वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भइ हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका–१० नलिन्चोकमा डेरा गरी बस्ने ७० वर्षीय निमबहादुर मगर रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले गए राति १० बजे नलिन्चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको बनेपा–६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।