नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको विशाल लक्ष्य दिएको छ । चितवनका कप्तान कुशल मल्लको अर्धशतकमा चितवनले कर्णालीलाई १८१ रनको लक्ष्य दिएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनायो। चितवनका लागि कप्तान मल्लले आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।
त्यस्तै रवि बोपारा ४४ रन बनाए । ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए ।
विपिन रावल ३ रनमा आउट भए भने बसिल हमिद १ रन र सोहिल तनवीर ५ रनमा अविजित रहे । जनकपुरका लागि ललित राजबंशीले २ र हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले १÷१ विकेट लिए ।