Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा यी १७ नेता मनोनित

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ । समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो ।


रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई थप गरेको छ ।

काठमाडौँमा जारी स्थायी समिति बैठकले उनीहरूलाई सम्मानजनक स्थान दिन स्थायी समितिमा समेटेको छ । यस्तै अघिल्लो कार्यकालमा स्थायी समिति सदस्य रहेका र यसपालि पोलिटब्युरो सदस्यमा निर्वाचित भएकाहरू पनि स्वतः स्थायी समिति सदस्य बन्ने मापदण्ड तय गरी स्थायी समितिको आकार ४१ सदस्यीय बनाएको छ । बैठक शनिबार पनि निरन्तर चल्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।