Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पत्रकार महासंघ सोलुखुम्बुको अध्यक्षमा दर्नाल

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा प्रेस युनियनका सुवास दर्नाल विजयी भएका छन् । शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरेका छन्। खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन् । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस) का सोलुखुम्बु संवाददाता हुन् । उनी हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक पनि हुन्। सोलुखुम्बुमा प्रेस युनियनले १७ वर्षपछि जित हासिल गरेको हो ।