Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतो हाजिर

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजगिर महतो आएका छन् । नव प्रशासकीय अधिकृतको रुपमा आएका महतो शुक्रबार कार्यालयमा हाजिर भएका हुन् ।

WhatsApp Image 2024-12-13 at 15.24.55_d7160915.jpg

उनलाई एक कार्यक्रम गरि पालिका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् । समान्य प्रशासन मन्त्रालयले यसअघि पठाएका सर्वजित झालाई प्रमुख प्रशासकीयको सरुवा गरेको छ भने  यस गाउँपालिकामा महतोलाई पठाएको हो ।

लक्ष्मीनियाँ गाउँपालिकामा आएका महतोलाई पालिका प्रमुख (अध्यक्ष) भोगेन्द्र मिश्र, उपप्रमुख फुलकुमारी यादब, लेखा प्रमुख संजित कुमार यादव, रोजगार संयोजक रवि कुमार साह, सबै वडाध्यक्षहरु, कार्यापालिका तथा वडा सदस्य, कर्मचारी लगायतले गम्छा , माला तथा अविर लगाएर स्वागत गरेका छन् ।