Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पशुपति नजिकै झाडीमा युवती मृत फेला

काठमाडौँको पशुपतिनाथ नजिकैको झाडीमा एक युवती मृत भेटिएकी छन् ।

शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन् ।


काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।