Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सञ्जय दत्तले दिए प्रचण्डकी नातिनी स्मितालाई वैवाहिक जीवनको शुभकामना

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।


एक भिडियो सन्देशमार्फत दत्तले नव विवाहित स्मिता र सायुज्य श्रेष्ठलाई दाम्पत्य जीवनका लागि शुभकामना दिँदै छिट्टै नेपाल आउने बताएका छन् । स्मिताकी आमा गंगा दाहालले सामाजिक सञ्जालमा सो भिडियो सन्देश सार्वजनिक गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहेको अवसरमा पत्रमार्फत शुभकामना पठाएको एक दिनपछि अभिनेता दत्तको यो सन्देश सार्वजनिक भएको हो । मंसिर २१ गते स्मिता र सायुज्यले वैवाहिक बन्धनमा बाँधिएका थिए ।

हेर्नुस दत्तको भिडियो सन्देश

‘नमस्कार, जय भोलेनाथ, हर हर महादेव । केही प्राविधिक समस्याका कारण आज म तपाईंहरूसँग प्रत्यक्ष जोडिन सकिन । तर, मेरी भाञ्जी स्मिता र सायुज्यलाई वैवाहिक जीवनको लागि धेरै धेरै शुभकामना । मेरी बहिनी गंगा र उनको परिवारलाई पनि मेरो तर्फबाट धेरै आशिर्वाद । चाँडै नेपाल आउँछु र मेरो आशिर्वाद दिनेछु। धन्यवाद । जय भोलेनाथ, हर हर महादेव ।’