Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मेयर हमालको अहिले कस्तो छ स्वास्थ्य अवस्था?

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 

हमालको अहिले भारतको नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । नगर प्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको भाइ श्याम हमालले जानकारी दिएका छन् ।

तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ । उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ ।

 शुक्रबार राति स्वास्थ्य समस्या भएपछि प्रारम्भिक उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली पठाइएको हो ।