Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायलीलाई माधव नेपालको आग्रह

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे । उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए ।

उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए । उनले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताए ।

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताए । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार ९आज० बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।