Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रचण्डले गरे प्यालेस्टाइनको पक्षमा हस्ताक्षर

संयुक्त अभियान नेपालको हस्ताक्षर अभियान सुरु

प्यालिस्टिनीमाथि इजरायलले गरिरहेको जनसंहार विरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ । सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो ।

हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् । नेताहरू उपेन्द्र यादव लगायतको समर्थन रहेको बताइएको छ । 

एक वर्षदेखि प्यालिस्टाइमाथि आक्रमण गरेर त्यहाँका जनताको इजरायलले गरेको नरसंहारविरूद्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रिय अदालतबाट पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको अवस्थामा प्यालेस्टाइनको पक्षमा हस्ताक्षर गर्ने प्रचण्ड नेपालका पहिलो शीर्ष नेता भएका छन् । इजरायलले प्यालेस्टाइनमा गरेको जनसंहारविरुद्ध सोमबारदेखि देशब्यापी हस्ताक्षर अभियान थालिएको छ ।

New Project (16).png

उक्त अभियानको प्रचण्डले आफ्नो हस्ताक्षर दिएर रत्नपार्कस्थित उद्घाटन गरेका हुन् । यसअघि नेपालले इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमण र नरसंहारविरुद्ध आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन । हजारौँ नेपाली नागरिक प्यालेस्टाइनमा श्रमिकका रुपमा कार्यरत छन् ।

२०२३ अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले लगेका नेपाली युवक विपिन जोशीलाई लगेका थिए । तर अहिलेसम्म उनको अवस्था अज्ञात छ । साताअघि मात्रै नेपालस्थित इजरायली राजदूतले विपिन अझै जीवित रहेको खबर सार्वजनिक गरेका थिए ।