Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कांग्रेसले गर्‍यो गण्डकी प्रदेशसभा सदस्यमा सुनिता थापालाई सिफारिस

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा क्रम संख्या अनुसार अगाडि रहेकी थापालाई सिफारिस गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई अर्को नाम सिफारिस गर्न भनेको थियो ।

कांग्रेसले उक्त स्थानमा थापाको नाम निर्वाचनमा आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । थापाको नाम आदिवासी जनजाति महिलातर्फ बन्दसूचीमा पाँचौँ नम्बरमा थियो । उनीभन्दा अगाडीका चार जना प्रदेश सभासदस्य बनिसकेका छन् ।