Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गाउँपालिका उपाध्यक्ष प्रहरीको नियन्त्रणमा

जातीय छुवाछूत गरेको आरोप लागेका झिमरूक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झिमरूक६ का रेशम सुनारले जातिय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएपछि पोख्रेल फरार रहेका थिए । 

भे १ च ३९९३ नम्बरको गाडी चालक रहेका सुनारले आफूलाई पोख्रेलले जातीय छुवाछूत गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए । सुनार गाउँपालिकाले भाडामा लिएको उक्त जिपका चालक हुन् ।

जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएर अदालत पेस गरेको र आइतबार मुद्दाको टुंगो नलागेकाले प्रहरी हिरासतमै राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जनाए ।