Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गलाको सिक्री थुतेर भागेको आरोपमा २ जना पक्राउ

सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र काठमाडौंको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

श्रेष्ठले मोटरसाइकल चलाउने र त्यसको पछाडि बसेर तामाङले सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । २० मंसिरको दिउँसो १२ बजेतिर नागार्जुनको टौखलमा ७२ वर्षीया मैया बुढाथोकीको सिक्री उनीहरुले लुटेको आरोप छ ।

बुढाथोकीको गलामा लगाएको २ तोलाको सुनको सिक्री उनीहरुले थुतेर भागेका थिए । पक्राउ परेकाहरुविरुद्ध प्रहरी स्वयम्भूले अनुसन्धान अघि बढाएको छ ।