नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेस क्याम्पको अवलोकन गरेका छन् ।
उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे सहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।
उनीहरूले करिब चार घण्टा एभरेष्ट बेस क्याम्पमा बिताएका थिए । बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले एनपीएलका क्रममा पशुपतिनाथ दर्शन गरेका थिए ।
शिखरले आउँदो मार्चमा नेपाल भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् । कर्णालीबाट चार खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाएका छन् ।
भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए।