Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा दोस्रो सुन्तला महोत्सव

रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा पाल्पाको रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा दोस्रो सुन्तला महोत्सव भएको छ । सुन्तलाको प्रचारप्रसारका साथै बजारीकरण र विविधीकरणको जानकारी दिने उद्देश्यले मंसिर २२ र २३ गते महोत्सव भएको हो ।

सुन्तला पकेट क्षेत्रका किसानलाई सुन्तलाको बजार प्रवर्द्धनमा सहयोग गर्न महोत्सव फलदायी भएको आयोजकले जनाएको छ । महोत्सवले सुन्तला किसानबाट उत्पादित सुन्तलाको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताए ।

महोत्सवले सुन्तलाको उत्पादनमा वृद्धि गर्नुका साथै यसको बजार व्यवस्थापन, सुन्तलाबाट बन्ने परिकारको विविधीकरणका साथै बगैंचा व्यवस्थापनमा सहयोग पुग्ने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।