Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

धुनीबेशी–४ का वडाध्यक्ष र सचिवसहित सात जनाविरुद्ध पक्राउ पुर्जी

धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कीर्तेको कसुरमा वडाध्यक्ष हरिप्रसाद सुवेदी र तत्कालीन वडासचिव मिलनकुमार सुवेदीविरुद्ध १२ मंसिरमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।


त्यस्तै पक्राउ पुर्जी जारी हुनेहरूमा उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छन् ।

उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।