Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ।

टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन्। सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ। चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ।

सुदूरपश्चिमले शनिवार लुम्बिनी लायन्ससँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ। विदेशी खेलाडी दिलप्रित बाज्वाले एनपिएल डेब्यु गर्दा बसन्त खत्रीलाई बेन्चमा रहेका छन्।