विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन्। आइतबार छैठौं अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
उनले भनिन् , ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ। कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ । हाम्रो देशभित्र विभिन्न जाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ। ’
साथै उनले महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याएकोमा दुख लागेको बताइन्। उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु दुखःद कुरा भएको बताइन्। उनले भनिन्,‘ महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याइनु दुखद् कुरा हो।
ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु दुखःद विषय हो।’