लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामामा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ । यस्तै, प्रतियोगितामामा ४ खेल खेलेको जनकपुर चौथो जितसँगै ८ अंकसहित खेल तालिकाको शिर्ष स्थानमा छ ।
आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले केबल १ रनको झिनो अन्तरले हराएको हो । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
यो जितसँगै जनकपुरले लगातार चौथो जित हात पारेको हो ।