Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

धादिङमा ग्यास बुलेट दुर्घटना

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, हाल उद्धारकार्य जारी छ । घाइते कोही पनि भेटिएको छैन । चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । उक्त क्षेत्रनजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।