राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मंसिर १९ गते प्रोस्टेट सम्बन्धी शल्यक्रिया भएको थियो ।
उनी सोही दिन बिहान अस्पताल भर्ना भएका थिए । अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरेर शनिबार डिस्चार्ज भएको जानकारी दिए ।
राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति पुगे अस्पताल राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्य लाभ गरेपछि डिस्चार्ज हुने बेला राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिएका हुन् । राष्ट्रपति पौडेल गत बुधबार बिहान उपचारार्थ त्यहाँ भर्ना भएका हुन् ।
