Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शौचालयमा लडेर बालिकाको मृत्यु

मकवानपुरको हेटौंडामा शौचालय (ट्वाइलेट) मा लडेर एक बालिकाको मृत्यु भएको छ । 

हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । 

राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए । शव हेटौंटा अस्पतालमै राखिएको छ ।