Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

विदेश उड्नै लाग्दा समातिए सूर्यदर्शन सहकारीको रकम अपचलनका एक आरोपी

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न थप एक आरोपी विदेश उड्नै लागेका बेला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको प्रहरीले जनाएको छ । उनको घर पनि पोखरा नै भएको प्रहरीले जानकारी दिएको छ ।

कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।