Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारण सभाबाट पारित गरेका ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । यो वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । पारित गरेको थियो । 

सूचीकृत भएको उक्त बोनस शेयर सेयरधनीहरुको खातामा तथा नगद लाभांश कर कट्टा गरी बैंकमा जम्मा गरिसकेको बैंकले जनाएको छ ।  कुनै सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा नभएमा वा नगद लाभांश बैंक खातामा नआएमा बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत बैंकले आग्रह गरेको छ ।