Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

काठमाडौं उपत्यकाको तापक्रम बढ्यो


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनमा शुक्रबार ३ डिग्री सेल्सियसभन्दा बढीले बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम क्रमश बढ्दै गएको हो।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार ५.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकैदिनमा बढेर शुक्रबार ८.९ डिग्री सेल्सियसमा उक्लिएको हो। मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।

मौसमविदहरुका अनुसार राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा न्यूनतम तापक्रम घट्छ । 
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८ः४५ तथा अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।