Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

शिखर धवनले कर्णाली याक्ससँग मनाए जन्मदिन

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय स्टार क्रिकेट खेलाडी शिखर धवनले बिहीबार आफ्नो ३९ औं जन्मदिन मनाएका छन् ।

shikar_dhawan-1200x5602024-12-05-20-21-08.jpg

उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन् । 

उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह–संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसँगै टिमका खेलाडीहरुको उपस्थिति थियो ।