Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ ।

पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।