अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले सो सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।
नयाँ नेतृत्वका लागि यही मंसीर २३ र २४ गते अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन तय भएको थियो, जसलाइ आज स्थगित गर्ने निर्णय गरेको हो । सो मितिमा हुने भनिएको सम्मेलन तत्कालका लागि स्थगित गरिए पिन सो बारे थप निर्णय लिनका मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
उनले भने, ‘२३ गतेसम्म प्रतिनिधिहरुको छानविन गरेर नसकिने भएकाले इन्चार्ज र विद्यार्थी प्रतिनिधिहरु बसेर सबै जिल्लाको प्रतिनिधिहरुको टुंग्याउँछन् । जिल्लामा पार्टीका प्रतिनिधिहरुसँग छलफल गरेर यकिन गरेर मात्रै मिति तोक्छ । प्रतिनिधिको बिषयमा नटुंग्याइ अर्को मिति तोक्दा फेरि त्यही समस्या आउाछ। प्रतिनिधिको फाइनल गरेलगत्तै मिति तोकिन्छ ।’