Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रहेनन् इतिहासकार राणा

इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । 

आज बिहीबार राणाको निधन भएको हो ।उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । यहि चैतमा राणा सय वर्ष पुग्दै थिए । राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् ।

त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।