Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एनआरएनएले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा काम गरिरहेको छः अध्यक्ष केसी

गैरआवसीय नेपाली संघ (एनआरएनए आईसीसी) अध्यक्ष डा. बद्री केसीले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताएका छन् ।

जापानको राजधानी टोकियोमा आयोजित १४ औँ नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट आतिथ्यताको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा. केसीले मूलुक बाहिर बसेर ८७ देशमा संगठित एनआरएनएहरुले नेपालको समृद्धको लागि रेमिट्यान्स गरेर मात्र हैन सरकारको दूतको रूपमा काम गरिरहेको जिकीर गरे।

WhatsApp Image 2024-11-30 at 16.57.31_e83c3598.jpg

संक्षिप्त शुभकामना मन्तव्य दिदै एनआरएनए अध्यक्ष डा. केसीले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिने नेपाल सरकारको निर्णय संगै देशमा लगानी बढ़ाएको बताउदै विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन कानुन बनिरहेको बताए ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आज र भोली नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल हुनेछ ।  एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेको सभापतित्वमा भएको कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामाले स्वागत मन्तव्य दिएका थिए ।

WhatsApp Image 2024-11-30 at 16.57.31_a0fb352a.jpg

नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो ।

नाकानो नगरका मेयर प्रमुख आतिथ्यतामा भएको फ़ेस्टिवलमा एनआरएनए जापानका महासचिव टिकाराम खरेल र जनजाति महासंघ जापानकी महासचिव प्रेमिला राईले कार्यक्रम संचालन गरेकी थिइन् ।