Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पोखरा एभेन्जर्सले दियो जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको हो ।


नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे । म्याथु क्रिस्टले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुन पुगे ।

माइकल लिस्कले २५ रन थपे। १२ बलमा २५ रन बनाएका लिस्क किशोर महतोको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए । पाचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमायो ।

पाचौँ ओभरको अन्तिम बलमा १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए । छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे। रेमोन रेफर १७ रन बनाउँदा जेम्स निसमको बलमा अनिल शाहको हातबाट नै क्याच आउट भए ।

दिलीप नाथले ११ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु धरापमा परे । कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै पेभेलियन फर्के । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा ३१ रन खर्चे । जेम्स निसमले २ विकेट झारे । मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे।