Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई स्वागत

रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको छ । विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो ।

जन्तीलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गरेका छन् । 

सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको थियो ।