Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काठमाडौंविरुद्ध धवनको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका छन् ।

 आज बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीबाट धवनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

योसँगै धवन प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ ब्याटर बने । उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए ।

 विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।