Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै  प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत  गरिएको थियो । 
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यूले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अन्य प्रदेशको तूलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडी रहेपनि संभावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनिती बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गरे ।

0-01.jpg

उनले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अव सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने योजना रहेको जानकारी गराए । 

उनले, अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको बताए । यस कार्यक्रममा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतज्यूबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए।