मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ कल्यानटारमा आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २८ वर्षीय उद्वव राई रहेका छन् । उनी मंगलबार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर लडेर बेहोस भएका थिए ।
राईलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा गएराति डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राईको शव हेटौंडा अस्पतालको शव गृहमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।