Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल प्रिमियर लिगमा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार सोमबार दुई जना र आज मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको हो। हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । 

एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।