नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न नौ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ९ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।
यी हुन् सहमतिका ९ बुँदा
१- टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदान-प्रदान
२- नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३- नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान
४- थर्मल्ली प्रोसेस्ड बफेल्लो मिट निर्यातसम्बन्धी प्रोटोकल
५- विकास योजनासम्बन्धी समझदारीपत्र
६- आर्थिक तथा प्रविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७- नगर सहयोगसम्बन्धी पत्र आदान प्रदान
८- स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारी पत्र
९- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र