Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

श्रीमान् गणेशलाई डीआईजी दुर्गाले बधाई दिँदै भनिन् – राजा तपाईं घर र जीवनको तारा हुनुहुन्छ

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले श्रीमान गणेश चन्दलाई बधाई दिएकी छिन् । श्रीमान चन्द प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि गण्डकी प्रदेश प्रहरी प्रमुख रहेकी डीआईजी सिंह श्रीमान चन्दले बधाई तथा शुभकामना दिएकी हुन् ।


२०५१ चैतमा प्रहरी निरीक्षकमा एकै साथ सेवा सुरु गरेका दुर्गा डीएसपी बढुवादेखि श्रीमानलाई पछि पार्दै सिनियर बनेकी थिइन् । उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको थियो । दुर्गा २०७९ असार १७ मै डीआईजीमा बढुवा भएकी थिइन् । डीआईजीमा बढुवा भएका श्रीमान गणेश चन्दलाई उनले फेस बुकमार्फत नै बधाई दिइन् ।फेसबुकमार्फत बधाई दिँदै सिंहले भनेकी छन्, ‘बधाई छ, राजा तपाईंले डीआईजी पदोन्नतिको योग्यता पाएकामा । २९ वर्षको लगनशील, कडा परिश्रम अन्ततः सार्थक भएको छ । तपाईंको निडर आत्मा, आशावादी र दृढ संकल्प हामी सबैका लागि प्रेरणा हो ।’


उनले अघि थपेकी छन्, ‘‘म तपाईंलाई हरेक दिन विश्मय र पूर्णगर्वका साथ हेर्छु तपाईं हाम्रो घर र जीवनको तारा हुनुहुन्छ ।’’ डीआईजी दुर्गा सिंह आउँदो चैतमा सेवा हदका कारण अवकाश जानेछिन् भने डीआईजी चन्द आउँदो पुसमा अवकाश हुनेछन् ।