Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी रहेका छन् ।चौधरीले एक जना पीडितबाट क्यानडा पठाइदिन्छु भनेर ३ लाख ४८ हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए ।

सोही पीडितले दिएको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललिपुरबाट बिहीबार पक्राउ गरेको हो ।