Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । 

उक्त पुनर्जागरण अभियान यही मंसिर १६ देखी २८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियान अन्तर्गत बिमा लेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । 

कुनै पनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षा वरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको कम्पनीले जनाएको छ ।