Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

त्रिभुवन विभानस्थलबाट १ किलो सुनसहित एकजना पक्राउ

त्रिभुवन विभानस्थलबाट अबैध सुनसहित एक पक्राउ परेका छन ।

विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

रबरको एक भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ । भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासनपछि सो सुन ल्मायाएको उनले प्रारम्भिक बयान दिएका छन् ।

सुवेदीलाई गौशाला प्रहरीमा राखेर थप अनुसन्धान जारी राखिएको छ ।