Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल प्रिमियर लिग खेल्न नेपाल आइपुगे शिखर धवन

'नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु'

 भोलिबाट सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।

शुक्रबार साँझ काठमाडौं आइपुगेका धवनलाई कर्णाली याक्स टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Sequence 02.00_39_11_12.Still031.jpg

कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् । उनीहरू तीनैजना नेपाल आइसकेका छन् ।

धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपिएलमा अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हो । 

Photo (8).jpg