दाङको घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
आज शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीको डाँडागाउँ नजिक रा १ ख १३८२ नम्बरको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्याल दाङले जनाएको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घोराही–१० का मनोज चौधरी फरार छन् ।