Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

प्रहरी अस्पतालका चार जना एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरी अस्पतालमा कार्यरत चार प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

आज बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फ बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए । 

बढुवा सिफारिस हुनेमा डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर रहेका छन् । त्यहाँ कार्यरत चार जना एसएसपी डीआईजीमा बढुवा भएपछि एसएसपी पद रिक्त भएको थियो।